सवारी साधन दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडाैं | पुस २९, २०७९
हेटौँडा: मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरे भलादमी चोकस्थित पूर्वपश्चिम सडक खण्डमा सवारी साधन दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गए राति ना ३९ प १४३९ न।को स्कुटर दुर्घटना भएपछि गम्भीर घाइते भएका तीन जनालाई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विपरीत तर्फबाट आइ रहेको गाडीले ठक्कर दिएर फरार भएपछि खोजी गर्न माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेको थियो । चार घण्टा पछि सहमति हुँदा सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
स्कुटर दुर्घटना अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मनहरिबाट गएको प्रहरी टोलीले तीन जना गम्भीर घाइते अवस्थामा फेला पारी उपचारको लागी चितवन पठाइएको थियो ।
दुर्घटनामा परी घाइते भएका मनहरी गाउँपालिका ८ सिमपानी बस्ने वर्ष करिब ३२ का मिलन मोक्तान र मकवानपुर राक्सिराङ गाउँपालिका ३ लावतीका वर्ष करिब ३२ का रुपेश तामाङलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
यस्तै मनहरी गाउँपालिका ८ सिमपानी बस्ने वर्ष करिब ३२ का धर्मराज मोक्तान पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको अवस्था गम्भीर रहेकोमा शुक्रवार बिहान ३ः३५ मा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त घट्नापछि ठक्कर दिने सवारीको पहिचान गरी नियन्त्रणमा लिन माग गर्दै स्थानीय करिब ४०÷५० जना भेलाले राजमार्ग अवरोध गरेका थिए । प्रहरीले दुर्घटनाको कारण नखुलेको, स्कुटर पूर्ण रूपमा क्षति भएका र घटनास्थल हेर्दा कुनै सवारी साधनले ठक्कर दिएको जस्तो देखिएको भन्दै अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

